नियम ४७
आधार तालिम वा मेडिकल बोर्डबाट अयोग्य (अनफिट) भएमा सेवाबाट हटाउन ससिकिने
(१) कुनै पनि सैनिक व्यक्ति तालिमको सिलसिलामा तीन पटकसम्म रेलिगेट भई कमिशन अधिकृत तथा सिपाही बन्न योग्यता नभएको वा नरहेको तथा नियम १०७ बमोजिमको मेडिकल बोर्डबाट अयोग्य (अनफिट) हुने प्रकृतिको रोगी तथा अपाङ्ग भएको कुरा प्रमाणित भएमा निजको नियुक्ति वदर हुन सक्नेछ ।
(२) सैन्य वा अधिकृत क्याडेट तालिममा उत्तीर्ण हुन नसकेमा तीन पटकसम्म कनिष्ठ समूहमा समावेश गरिनेछ ।
(३) उपनियम (२) बमोजिम कनिष्ठ समूहमा समावेश हुँदा सो समूहमा समेत पास हुन नसकेमा त्यस्तो व्यक्तिलाई सम्बन्धित तालिम केन्द्र वा प्रतिष्ठानको प्रमुखले सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयको स्वीकृति लिई तालिमबाट हटाउन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम तालिमबाट हटाउँदा निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(५) सैनिक व्यक्ति नियम १०७ बमोजिमको मेडिकल बौडबाट अयोग्य (अनफिट) उठहरिएमा अधिकृतको हकमा नियुक्ति दिने अधिकारीले र पदिक तथा अन्य दर्जाको हकमा प्रधान सेनापतिले सेवाबाट हटाउन सक्नेछ ।